०१ चैत्र २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

काठमाडौं – अमेरिकाको फ्लोरिडाको तटमा आइतबार राति एउटा जहाज पल्टिँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् ।

फोर्ट पियर्स सहरबाट करिब ४५ माइल (७२ किलोमिटर) टाढा एउटा डुङ्गाको टुप्पोमा एक जना व्यक्तिलाई टाँसिएको देखेपछि व्यावसायिक जहाजले अधिकारीहरूलाई मंगलबार सतर्क गराएको थियो ।

उक्त डुङ्गा मानव तस्करीका लागि प्रयोग भएको हुनसक्ने अमेरिकी अधिकारीहरूको भनाइ छ । पहिचान नखुलेका जीवित व्यक्तिका अनुसार यात्रुहरूमध्ये कसैले पनि लाइफ भेस्ट लगाएका थिएनन्।

उक्त दुर्घटनामा बेपत्ता भएकाको मियामी कोस्ट गार्डले जहाज र विमानहरू प्रयोग गरेर खोजी गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कोस्ट गार्डले अन्य सरकारी एजेन्सीहरूसँग मिलेर अहिले अमेरिकाको न्यू जर्सी राज्य जत्तिकै आकारको क्षेत्रमा बेपत्ताहरूको खोजी गरिरहेको छ।

बुधबार बिहान, कोस्ट गार्डको मियामी क्षेत्रका कमाण्डर क्याप्टेन जो–एन बर्डियनले एक शव फेला परेको छ र फोर्ट पियर्समा सारिएको बताएकी थिइन् ।

जीवित व्यक्ति वा अन्य यात्रुहरूको राष्ट्रियताको बारेमा थप विवरणहरू जारी गरिएको छैन।
क्याप्टेन बर्डियनका अनुसार यो घटना बहामासबाट दक्षिणी अमेरिकामा “सामान्य“ मानव तस्करी मार्गमा भएको थियो।

आइतवारको मौसम चिसो हुनुका साथै समुन्द्रमा उच्च छालहरू र तीव्र हावा आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]