०३ चैत्र २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

सप्तरी – शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ ।

बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढने भएको हो । वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

“मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गर्दा तीन वर्षदेखि काम अलपत्र परेको थियो”, उनले भने, “सामुदायिक वनको नौ विघा १० कट्टा जग्गामा रु ३० करोडको लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ, चाँडै ठेक्का प्रक्रियामार्फत निर्माणको काम अगाडी बढ्छ ।”

सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालयले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्नमा अवरोध गर्दै आएको थियो । जग्गाको भोगाधिकार प्राप्त गर्नाका लागि मन्त्री परिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरपालिकाले यस्तो वैधानिकता प्राप्त नगरेको भन्दै निर्माणका गतिविधि हुन दिइएको थिएन । सो केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भीक वातावरणीय परिक्षण तथा वातावरणीय प्रभाव मूल्याङकनको कार्य यस अघि नै गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]