२९ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

दोलखा – कर्मचारीमा कोराना संक्रमण देखिएपछि दोलखाका स्थानीय तहले धमाधम सेवा बन्द गर्न थालेका छन् । कालिञ्चोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनालाई सोमबार कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ ।

कालिञ्चोकले सोमबारबाट पाँच दिनका लागि पालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको सूचना जारी गरेको छ । यसअघि तामाकोशी गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएपछि कामकाज प्रभावित बनेको छ ।

तामाकोशीले सार्वजनिक सूचना जारी गरेर कर्मचारी संक्रमित भएका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यस्तै सैलुङ गाउँपालिकाका ३ नम्बर वडाध्यक्षसहित १७ कर्मचारीमा कोरोना संक्रमण भएपछि ५ दिनका लागि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ ।

जिल्लामा पछिल्लो समय कर्मचारीमा धमाधम कोरोना संक्रमण देखिएको छ ।

परीक्षण गरिएका दुई तिहाइमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर दुई सयको हाराहारीमा कोरोना संक्रमित छन् । ग्रामीण भेगमा कोरोना मिल्दोजुल्दो लक्षणका बिरामी बढे पनि परीक्षणको दायरा भने बढेको छैन ।

सबैजसो संक्रमित होम आइसोलेसनमा बसेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]