२८ माघ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

सप्तरी – नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

तर, बैंकको १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि खुद नाफा बढेको हो । बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । रिजर्भ कोष पनि ६.४३ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

यस्तै चुक्ता पुँजी १४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि भने १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा आइपुगेको छ भने पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]