२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

सप्तरी – बर्जु घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ ।
मंगलबार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो । समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले बुधबारबाटै काम थाल्ने बताइएको छ ।

यसैबीच सुनसरी प्रशासनले घटना सम्वन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रूपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनले निष्र्कष निकालेको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुसी महोत्सव सञ्चालनमा ल्याएको बताए । उनले महोत्सव रोक्न आफूहरुले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरी मनोमानी गरेको बताए । पत्रकारहरुको जिज्ञासामा प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोशित भीडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गर्नुभयो । उहाँले प्रहरी प्रशासनले संयमता अपनाउदा मानविय क्षति हुन नपाएको उल्लेख गरे ।

सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराए पनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको जनाइएको छ । महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भीड तोडफोड र आगजनीमा उत्रिएको थियो । सो क्रममा चारवटा भारतीय नम्बर प्लेटको स्कारपियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो । स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा दर्जन बढी घाइते हुन पुगेका थिए । प्रहरीले भीड तितरवितर पार्ने क्रममा १५ सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]