२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आइतबार रातिदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आइतबार राति १२ बजेबाट सुरु हुने जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार गर्न नहुने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले ‘यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसार सामग्री हटाइएको हुनुपर्ने’ भनेको छ ।

आयोगले सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचारसंहिता विपरीत हुने उल्लेख गरेको छ । ‘एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने’ आयोगले जनाएको छ ।

आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन आधिकृतहरूलाई भनेको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ १२ गते मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार रहेको आयोगले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]