२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

काठमाडौं – गत २४ घन्टामा मात्र नेपालमा कोरोना भाइरसबाट १० हजार भन्दा बढी संक्रमित थपिएका छन् । शनिबार मात्रै १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन फैलिरहेको अवस्थामा नियन्त्रण तथा रोकथामको लागि सरकारले उपत्यकामा सवारी साधनमा जोरविजोर प्रणाली समेत लागु गरेको छ ।

पछिल्लो समयमा उमेरसमुह अनुसार कोभिड–१९ बाट संक्रमित हुनेहरुमा २१ देखि ३० वर्ष उच्च रहेको छ । गत २४ घन्टामा संक्रमित मध्ये २८ सय ७० जना यो उमेरसमुहका रहेका छन् ।

त्यस्तैगरी, ३१ देखि ४० वर्ष उमेरसमुहका २२ सय ४४ जना संक्रमित भएका छन् । मन्त्रालयको अनुसार शनिबार ८० वर्ष भन्दा माथिका ५९ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, १० वर्ष मुनिका १४६ जना, ११ देखि २० वर्ष सम्मका ४३३ जना, ४१ देखि ५० वर्ष सम्मका ११ सय ७१ जनामा शनिबार संक्रमण पृष्टि भएको हो ।

६१ देखि ७० वर्ष सम्मका ३७१ र ७१ देखि ८० वर्ष सम्मका १५९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको सुरुवाती देखि नै युवाहरु बढी संक्रमित हुँदै आएका छन् । तर, कोरोना मृत्युदर भने बृद्धा बृद्धको उच्च रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]