२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

सप्तरी – कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि पश्चिम छिनासम्मको झण्डै एक किलोमिटर सडकमा भएको सडक अतिक्रमण हटाइएपछि सडक चौडा बनेको छ । पक्की घर, सेफ्टी ट्यांकी र जस्तावाला घर हटाउन १५ दिने अल्टिमेटम दिइएको छ भने अन्य संरचना भत्काई सकिएको छ । दुईतर्फ १÷१ मिटर फुटपाथसहितको १५ मिटर सडक चौडाइ बनेको छ । विगतमा फुटपाथका लागि चिन्ह लगाइएको सडकको जग्गा स्थानीय नागरिक र व्यापारीले व्यक्तिगत प्रयोजनका लागि फुटपाथसँंगै सडकको केही भागसमेत अतिक्रमण गरेका थिए ।

सडक डिभिजन जुम्लाको प्रमुखका रूपमा राजिव श्रेष्ठ आइसकेपछि पहिलो नमुना कामका रुपमा अतिक्रमण हटाउने अभियान सुरु भयो । अभियानअन्तर्गत जिरो प्वाइन्टदेखि छिनासम्म मात्रै अतिक्रमण गरी बनेका दुइ दर्जन संचरना भत्काइयो । त्यस्तै तातोपानी गाउँपालिका–स्थित जर्मीमा अतिक्रमण गरी बनेका २८ वटा घर टहरा पनि हटाइँदैछ । लिताकोट, कुडारी, त्रिबेणी, रारालिही बजारसम्म भएका अतिक्रमण पनि क्रमशः हटाइने भएको छ । यता बसपार्क क्षेत्रमा भने सडकको १५ मिटर चौडाइ क्षेत्रफलमा चिन्ह लगाएर छोडिएको छ । दुवै साइटमा एकदेखि डेढ मिटरसम्मको व्यवस्थित फुटपाथ निर्माण गरिने सडक डिभिजन जुम्लाले जनाएको छ ।

अतिक्रमण हटाएपछि कर्णाली राजमार्गको जुम्ला खण्डको जिरोप्वाइन्टदेखि छिनासम्मको एक किमि सडक चौडा भएको छ । सडक अतिक्रमणसँंगै जथाभावी फालिएका निर्माण सामग्री र मनपरि सवारी पार्किङले दुर्घटनाको उच्च जोखिम थियो । तर हाल अतिक्रमण हटाएसँंगै सडकमा जभाभावी रूपमा हुने सवारी पार्किङलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी लागेपछि सडक चौडा र फराकिलो भएको हो ।

व्यवस्थित फुटपाथ बनाइने
अतिक्रमण हटाएर सडकममा फुटपाथ निर्माण गरिने भएको छ । बसपार्क क्षेत्रको सडकको दुवै साइटमा झण्डै डेढ मिटर फराकिलो फुटपाथ निर्माण गर्ने सडक डिभिजन जुम्लाको तयारी छ । फुटपाथ व्यवस्थित नहुँदा पशुचौपायसँंगै मानिस बीच सडकमै हिँड्ने गर्दा दुर्घटनाको जोखिम बढ्यो । सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठ भन्छन्, “बसपार्क क्षेत्रको सडकको दुवै साइटमा व्यवस्थित फुटपाथ निर्माण गर्ने तयारीमा छांै । जसले नागरिकको आवतजावतमा सहज हुने छ भने सवारी दुर्घटना रोकिने अपेक्षा छ । फुटपाथ निर्माणका लागि स्टिमेट पनि भइसकेको छ ।”

सडक अतिक्रमण हटाए लगत्तै तातोपानी, लितोकोट, कुडारी, त्रिबेणाी, रारालिही सबै क्षेत्रमा फुटपाथ निर्माण गरिने प्रमुख श्रेष्ठको भनाइ छ । क्रमिक रूपमा राजमार्गमा भएको अतिक्रमण हटाइने भएको छ । जुम्ला बजारदेखि नाग्म बजारसम्मको ३२ किमि सडकमा भएको अतिक्रमण हटाई सामान्य फुटपाथ निर्माण गरिने छ । फुटपाथ निर्माणपछि सडक सुरक्षामा टेवा पुग्ने विश्वास छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]