२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०३, २०७८

सिमकोट – सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ।

कोरोना संक्रमणको त्रास बढिरहेका बेला त्यसबाट बच्नका लागि स्वास्थ्यकर्मीसहित हेल्थडेस्क स्थापना गरिएको हो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुहरुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य चेकजाँच गर्ने कार्य सुरु भएको बताए।

कोरोना चेकजाँचका लागि उक्त हेल्थडेस्क स्थापना गरिएको हो। यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। हेल्थडेस्क स्थापनाले गत साउनयता ग्रीन जोनमा रहेको जिल्लालाई कोरोनाबाट जोगाउन सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

नेपालगंज र सुर्खेतबाट सिमकोट भित्रिने सबै यात्रुहरुको कोरोना परीक्षण गरेर पठाउने कार्य सुरु भएको छ। उनले अब चाँडै पैदल मार्गबाट जिल्ला भित्रिने दुई वटा नाका चंखेली गाउँपालिका– १ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापनाको तयारी भइरहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]