२९ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०३, २०७८

काठमाडौँ – नेपालमा दुई वटा क्यासिनोमा लगानी गरेको एसएचएल म्यानेजमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत माइक बोल्जोभरलाई नेपालमा तिर्नुपर्ने कर दाखिला गरेर मात्र देश छाड्न सरकारले आदेश दिएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटल र रूपन्देहीको भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको रोयल्टी र नवीकरण दस्तुरका रूपमा १४ करोड २० लाख कर तिर्न बाँकी रहेकाले उक्त रकम तिरेर मात्र देश छाड्न भनिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

शनिबार राति १० बजे दक्षिण अमेरिकाका लागि हिँडेका बोल्जोभरलाई मन्त्रालयको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको हो । ‘१४ करोड २० लाख रुपैयाँ बराबर राजस्व तिर्न बाँकी रहेकाले त्यो तिरेर मात्रै जानुहोस् भनेका हौं । पक्राउ गरिएको होइन,’ न्यौपानेले भने, ‘कर नतिरेसम्म अथवा उक्त रकम बराबर बैंक ग्यारेन्टी नराखेसम्म नेपाल नछाड्न भनिएको हो । उहाँले चाँडै तिर्छु भनेर मौखिक प्रतिबद्धता जनाउनुभएको छ ।’

गत आर्थिक वर्ष २०७७/७८ को बक्यौता रकम पुस मसान्तभित्र तिरिसक्नुपर्छ । अरू सबै क्यासिनोले तिरे पनि यी दुई क्यासिनोले बक्यौता तिर्न बाँकी छ । यो रोयल्टी र नवीकरण दस्तुर शीर्षकको राजस्व हो । बोल्जोभरले कोभिड महामारीका बेलामा क्यासिनो सञ्चालन नभएकाले छुट दिनुपर्ने माग राखे पनि राजस्व छुट दिनेबारे सरकारबाट कुनै निर्देशन वा निर्णय भएको छैन । त्यसैले त्यस्तो छुट उपलब्ध गराउन नसकिने पनि सचिव न्यौपानेले बताए । ‘बजेटमा छुटसम्बन्धी यस्तो कुनै व्यवस्था नभएकाले जति समय सञ्चालन भएको भए पनि निर्धारित राजस्व रकम तिर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]