०२ फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २९, २०७८

महोत्तरी – शितलहरले गर्दा यहाँका जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले दलित समुदायका छात्रछात्राहरुलाई न्यानोकपडा वितरण गरेको छ। विहीबार जिल्लाका औरही नगरपालिका-२स्थित जान्हवी आधारभुत चेवकट र जनता आधारभूत विद्यालय फूलवरीयाका बालविकासतर्फका दलित सुमदायका बालवालिकाहरुलाई समितिले न्यानो स्वरुप स्वीटर वितरण गरिएको हो।

जिल्लास्थित सामुदायिक विद्यालयका दलित समुदायका बालबालिकालाई चिसोबाट बचाउनका लागि विपद् व्यवस्थापन समितिमार्फत उनीहरुलाई स्वीटर वितरण गरिएको हो। संघीय सरकारमार्फत प्राप्त अनुदानअन्र्तगत जिल्लाभरिका विद्यालयमा गई छात्रछात्रालाई स्वीटर वितरण गरिने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए। प्रमुख जिल्ला अधिकारी दाहालले चिसोले गर्दा खासगरी बालबालिकाहरु नराम्ररी प्रभावित भएपछि उनीहरुलाई जिल्ला विपद् व्यवस्थापनकोतर्फबाट स्वीटर वितरण गरिएको जानकारी दिए।

चिसोको समयमा अन्य समुदाय तथा वर्गलाई बचाउनुपर्ने आवश्यक भएकोले सबैको सकारात्मक सहयोग लिई स्थानीय सरकारको सकारात्मक भूमिकामा आउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी दाहालले जोड दिएका हुन्।

त्यस्तै आज नै जिल्लाको लोहरपट्टी नगरपालिकाका २ वटा सामुदायिक विद्यालयमा पनि सो समितिकोतर्फ स्वीटर वितरण गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]