२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २९, २०७८

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण दर २६ प्रतिशत देखिएको छ। पछिल्लो २४ घण्टामा १ लाख ५ हजार १०२ जनाको कोरोना संक्रमण परीक्षण गर्दा २७ हजार ५६१ जनामा पुष्टि भएको एनडीटीभीले समाचार लेखेको छ।

यो संख्या गत २४ घण्टामा २९ प्रतिशत वृद्धि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ४० जना संक्रमितको ज्यान गएको जनाइएको छ। मृतक संख्या गत १० जुन यताकै सबभन्दा बढी हो। त्यसबेला ४४ जनाको ज्यान गएको थियो।

हाल नयाँ दिल्लीमा ८७ हजार ४४५ जना सक्रिय संक्रमित रहेको जनाइएको छ। त्यस्तै २५ हजार २४० जना घरमै आइसोलेसनमा रहेको बताइएको छ।

पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेको हो। भारतको नयाँ दिल्ली, मुम्बईलगायतका सहरमा भाइरस तीव्र गतिमा फैलिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]