०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए ।

पछिल्लो समय ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर पेमेन्ट मार्फत पनि जरिवाना तिर्न सकिने व्यवस्था संचालनमा छ ।

बुधवार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु–पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधि प्रभु–पेको किअस्क मेसिन उद्घाटन गरेका छन् । एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले सो मेसिनको जडान गरेको बताए ।

प्रभु–पेका अध्यक्ष कुसुम लामाले मेसिनले बैंकिङ कारोबार बन्द भएको समयमा समेत सेवा दिने बताइन् ।
हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु–पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरूमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]