२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २०, २०७८

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाईमा ट्याक्टर पल्टिदा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मङ्गलवार बिहान ७ बजे दुर्घटना भएको थियो । बालुवा लोड गर्न लेबर लिएर हिँडेको खाली ट्याक्टर सडक देखी अन्दाजी ५ मिटर तल खसेको थियो । घटनामा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र वर्ष १६ की वालिका फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बालुवा लिनको लागि बुद्धभूमि ४ बुड्ढी जाने क्रममा बिहान ७ बजे दुर्घटना भएको थियो । यसै गरी घटनामा परी बलराम सुनार, कृष्ण बिक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । ती मध्ये बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]