२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०७, २०७८

इंग्लिस प्रिमियर लिगमा आज दुई क्लव लिभरपुल र म्यानचेस्टर युनाइटेडविच भिडन्त हुँदैछ ।

लिगको शिर्ष स्थानमा फर्कने लक्ष्यमा रहेको लिभरपुल र युनाइटेडविचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । यता पछिल्लो केहि खेलमा सोचेको प्रदर्शन गर्न नसकेको युनाइटेडका ब्रुनो फर्नान्डेस र फ्रेडले चोटका कारण आजको खेल्ने नखेल्ने एकिन छैन । यस्तै च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेलमा विचमा नै मैदान छोडेका मार्कुस रासफोर्डको फिटनेसलाई पनि टिमले औल्याउनेछ ।

लिभरपुलका लागि खेलाडीको चोट त्यति चिन्ताको विषय छैन । आजको खेलमा क्रिस्टियानो रोनाल्डोको प्रदर्शन सबैको नजरमा हुनेछ ।लिभरपुल र युनाइटेड पछिल्ला १० प्रिमियर लिग खेलमा भिड्दा ६ खेल बराबरीमा सकिएका छन भने एक खेल युनाइटेड र तीन खेल लिभरपुलको पक्षमा गएको छ । पछिल्लो पटक लिभरपुलले मे मा वल्ड ट्राफोर्डमा खेल्दा चार दुईको जित निकालेको थियो ।

युनाइटेडले पछिल्ला १२ प्रिमियर लिगमा सबैमा गोल खाएको छ । त्यसमा पछि पछिल्ला सात खेलमा उसले आठ अंक मात्र जोड्न सकेको छ । उसले यो विचमा दुई जित, दुई बराबरी र तीन हार ब्यहोरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]