२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १२, २०७८

वीरगञ्ज – बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।उनी मंगलबार बिहान साढे ११ बजेतिर पौडी खेल्नका लागि ड्याममा पसेका थिए । सोही क्रममा उनी डुबेका थिए । स्थानीयले खोजी गर्दा नभेटेपछि प्रहरीलाई ११ः४८ बजे खबर गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट डुमरवाना, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा कार्कीको शव ड्यामबाट बाहिर निकालेका थिए । घटनास्थल लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]