०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १२, २०७८

रूपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख (मेयर) शिवराज सुवेदीलाई पहिरो निरीक्षणका क्रममा मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी १ हप्तापछि धरौटीमा छुटेका छन् ।

पंगेनीलाई अमर्यादित व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो । उनले असोज ४ गते मेयरमाथि मुक्का हानेका थिए ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीले उनलाई सोमवार उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले ईलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले धरौटीमा छाडेको जानकारी दिए । ५ हजार धरौटी राखेर तारेखमा छाडिएको पौडेलले बताए ।

प्रहरीले पंगेनीलाई असोज ४ गते साँझ नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । तर पालिकाले पंगेनीमाथि मुद्दा नचलाउन भनेको बताइएको थियो । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान गरी अमर्यादित व्यवहारसम्बन्धी मुद्दा बनाई जिल्ला प्रशासनमा पेश गरेको थियो । ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन कुँवरले घटनाको प्रकृति हेरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा पेश गरिएको बताए ।

‘हामीले केही दिन राखेर अनुसन्धान गरेपछि जिल्ला प्रशासनमा मुद्दा पठाएका थियौं । त्यहाँबाट धरौटीमा रिहा गरिएको छ,’ उनले भने । पहिरोले बुटवल–३ ज्योतिनगरमा २० घर पुरिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]