२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ११, २०७८

काठमाडौं – बंगालकाे खाडीमा विकसित ‘गुलाब’ नामको चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा तीन जनाको ज्यान गएको छ।

भारतीय सञ्चार माध्यमले उल्लेख गरे अनुसार ओडिसा राज्यको गंजम जिल्लामा एक जनाको ज्यान गएको छ भने आन्ध्रप्रदेशको श्रीकाकुलम जिल्लामा दुई जना गरी तीन जनाको ज्यान गएको हो । थप एक जना बेपत्ता छन्।ओडिशाका विशेष राहत आयुक्त प्रदीप जेनाका अनुसार आइतबार राति उडिसाको विशखापट्टनम तटमा बज्रिएकाे (ल्याण्डफल) भएको उत्तर पश्चिम अगाडि बढिरहेको छ । जसका कारण भारतका कयौँ राज्यमा वर्षा भएको छ। भीषण वर्षा र हावाहुरीसहित प्रतिघण्टा ९५ किलोमिटरका गतिले आँधी उडिसा र आन्द्रप्रदेशमा प्रवेश गरेको थियो । आँधी प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको थियो।

यसको गति न्यूनतम ७५ देखि ८५ किमि र अधिकतम ९५ किमि प्रतिघण्टा रहेको छ । गुलाव चक्रवात शनिबार बंगालको खाडीमा विकास भएको हो। भारतको उडिसा, आन्ध्रप्रदेश, तेलांगना, छत्तिसगढ लगायतका क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]