११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ११, २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘१० बुँदेमा आएका प्रश्न र प्रतिनिधिबारे छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने, ‘१० बुँदेबारे सामान्य छलफल हुन्छ ।’जेठ २ मा फर्कँदा सुदूरपश्चिमको पार्टी इन्चार्ज उपाध्यक्ष भीम रावल हुनुपर्ने भए पनि हाल माओवादी केन्द्रबाट आएका लेखराज भट्टले नै इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । यसमा सुदूरपश्चिमका नेताहरूले आपत्ति जनाउँदै आएका छन् । आइतबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा समेत उपाध्यक्ष रावल लगायतका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै स्पष्ट पार्न माग गरेका थिए । साथै उनीहरूले केन्द्रीय कमिटीकै बीचमा स्थायी कमिटी बैठक राखेर स्पष्ट पार्न माग गरेका थिए ।

तर, अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकपछि स्थायी कमिटी बैठक राखेर १० बुँदे कार्यान्वयनमा आएको समस्याबारे छलफल गर्न सकिने बताएका थिए । सोही अनुसार आज स्थायी कमिटी बैठक बोलाइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]