०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन १०, २०७८

महोत्तरी – महोत्तरीको औरही बजारमा स्थानीयले सडक अवरुद्ध गर्दै चक्का जाम गरेका छन् ।

विगत तीन वर्ष देखि निर्माण भइरहेको जलेश्वर-वर्दिवास सडकको कहिले निर्माण सम्पन्न हुने ठेगान नभएको हुँदा स्थानीयले सडकमा गुड्दा धुलो उडेर सास्ती व्यहोर्नु परेकोले चक्का जाम गरेका हुन् ।उनिहरुले ठेकेदार कम्पनीले सडक निर्माण चाडै सम्पन्न गर्नु पर्ने र निर्माण अवधि भर धुलो नउड्नको लागि दिनहुँ पानी पटाउनु पर्ने माग राख्दै सडक अवरुद्ध गर्दै चक्का जाम गरेका हुन् ।

धुलो नियन्त्रणको माग गर्दै सर्वसाधारण विरोधमा उत्रेपछि जलेश्वर बर्दिवास सडक खण्डमा आइतबार एक्का बिहानैदेखि यातायात प्रभावित भएको छ ।सडकबाट उडेको धुलोले बालबालिका बिरमी पर्न थालेको र खान बस्नसमेत गाह्रो भएको जनाउँदै उनीहरुले अ‍ौरही नगरपालिका–१ स्थित सडकमै धर्ना दिइरहेकाले आवागमन प्रभावित भएको हो । सडक अवरुद्ध हुँदा अहिले औरहीमा यात्रु बससमेत सयौं सवारी जाम खुल्ने प्रतिक्षामा छन् ।धर्नामा बसेका आन्दोलनकारीले सडक मर्मत गरी धुलोबाट मुक्ति दिन सम्बद्ध निकायमा पटकपटक आग्रह गर्दा पनि सुनवाई नभएपछि बाध्य भएर सडक जाम गर्नृु परेको बताए ।

स्थानीय रामबिनेश यादवकाअनुसार जर्जर सडकमा गुड्ने सवारीले धुलो उडाउँदा बालबालिकामा ज्वरो र स्वासप्रस्वासको समस्या देखापर्न थालेको छ । गाउँ घर नै धुलाम्मे भई जनजीवन अस्तव्यस्त भएपछि सवारी गुडाउन रोक लगाइएको उनले बताए ।धुलो नियन्त्रणका लागि वडा कार्यालय, नगर कार्यालय, स्थानिय प्रशासन, सडक विभागमा आग्रह गर्दा सुनवाई नभएपछि आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाई छ ।पानी छर्केर हुन्छ की सडक मर्मत गरेर धुलो बन्द नभएसम्म आन्दोलनलाई विराम नदिने उनीहरुले जनाए ।‘सास फेर्न समेत गाह्रो भयो,’ अर्का आन्दोलनकारी सुदिप यादवले भने, ‘यो पीडित जनताले नेतृत्व गरेको ‘प्रदुषण मुक्त’ अभियान हो कसैका उक्साहटमा भएको हैन । ’प्रशासनले सडक खुलाउन पटकपटक प्रयास गरेको जनाएको छ । तर आन्दोलनकारीले जबरजस्ति गरे मुठभेडको स्थिति आउन सक्ने चेतावनी उनीहरुले दिएका छन् ।

महोत्तरीको धेरै जसो सडकहरुको प्राय निर्माण सम्पन्न भई सकेको छ । अहिले सडकहरुमा यात्रा पहिले भन्दा निक्कै सुविधा जनक भएपनि जलेश्वर-वर्दिवास सडकमा यात्रा गर्नुको निकै पीडादायी छ ।जलेश्वर-वर्दिवास सडक खण्डमा तीन वर्ष देखि सडक निर्माण हुँदै आएपनि कहिले सम्म निर्माण सम्पन्न हुने ठेगान नै छैन । सडक पहिले भन्दा समेत जर्जर अवस्थामा पुगेको पुगेको छ। सडक निर्माण गर्ने कम्पनीहरुमाथी सरोकारवाला निकायहरुले कडाई नगरेकोले जनताले जर्जर र जीर्ण सडकमा यात्रा गर्नु परेको स्थानीयहरु बताउँछन् ।जलेश्वर बर्दिवास सडक तिन वर्ष पुरा हुन लागेकाे छ तर सडका ग्राभेल हाल्ने बाहेक केहि काम हुन सकेको छैन । सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन २०१८ सालको डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिएपनि कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा हालसम्म करिव २२ प्रतिशत काम मात्र गर्न सकेको छ ।

कोरोनाको संक्रमण र अन्य विभिन्न कारण देखाउदै निर्माण कम्पनीले काममा ढिलाई हुन गएको बताईरहदा उक्त सडक प्रयोग गर्ने स्थानियहरु र यात्रीहरु भने सास्ती भोग्न बाध्य छन् ।वर्षायाममा हिलो र गर्मीयाममा धुलोले स्थानियहरु रोगी समेत हुने गरेका छन् तर सडक निर्माणमा सम्बन्धित सरोकारबाला निकायहरुको भने ध्यानाकर्षण हुन सकेको छैन ।यता समय मै काम सम्पन्न गर्न आतुर नदेखिएको निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ । आयोजनाले पर्याप्त कारणहरु देखिएपछि सडक निर्माणको म्याद थपिएको बताएको छ ।शिवालय दिवा जेभीले जलेश्वर बर्दिवास सडक खण्डमात्र नभई जलेश्वर नगरक्षेत्र भित्रको १५.६१ किलोमिटर, सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरि कुल ८७.६१ किलोमिटर सडक दुई अर्व आठ करोड भ्याट वाहेकको रकममा निर्माणको जिम्मा दिएकोमा कम्पनीले करिव २९ प्रतिशत (५८ करोड) रकम भुक्तानी पाइसकेको उक्त सडकको कन्सल्टेन्ट कम्पनी सिम्याट सिल्ट भिडिए कन्सल्टेन्ट का रेजिडेन्ट ईन्जिनियर नारायण प्रसाद ढकालले बताए । उनले सडक निर्माण समयमा गर्न निर्माण कम्पनीलाई वारम्वार पत्राचार गर्ने गरेको समेत बताए ।

विगत केहि महिना देखि पुर्ण रुपमा सडकको काम बन्द रहेकोमा दशैं आउनै लाग्दा निर्माण कम्पनीले भने सम्बन्धित निकायबाट थप रकम हात पार्न एकाध कामदार सडकमा भने खटाएका छन् । काम गर्दै गरेको आभाष हुने तर काम सम्पन्न नहुने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रुपमा उपभोग गर्न सक्ने गम्भिर प्रश्न छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]