फाईल फोटो
काठमाडौँ – काठमाडौँ कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटिएको छ । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिवार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।
उनकाअनुसार सनाखत भइसकेको छ । ‘फोटो हेरेर परिवारले सखानत गरसक्नु भएको छ,’ उनले भनिन्, ‘प्रहरीले शव ल्याउँदैछ । त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’
गत मंगलबार बुढानिलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर एक बालक बेपत्ता भएका थिए ।