११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०८, २०७८

चितवन – मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए । पक्राउ परेकाहरुको वयान उद्धृत गर्दै उनले भने, “ग्राहकको मागअनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको पाइयो ।”

कार्यालयले विगत एक महिनादेखि सुरु गरेको अप्रेसन माइक चार्ली अभियानका क्रममा पक्राउ परेका १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यसक्रममा आठ मोटरसाइकल र रु ९१ हजार नगदसमेत बरामद गरिएको अधिकारीले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]