०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवा वास्तम लामिछानेलाई केही दिनअघिमात्र जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरी छाडेको खुलेको छ ।

केही दिनअघि झैझगडा मुद्दामा पक्राउ परी प्रहरीले लामिछानेलाई हिरासतमा राखेर छाडेको हो ।यसभन्दाअघिका क्रियाकलाप पनि राम्रो नभएको र केही दिनअघि पक्राउ गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए । ‘लामिछानेलाई यसभन्दा अघिका क्रियाकलाप राम्रा छैनन् ।काठमाडौंमा विभिन्न अपराध गरेका कारणले पक्राउ गरी छाडिएको थियो । सुर्खेतमा पनि केही दिनअघिमात्रै हामीले जेलमुक्त गरेका थियौँ,’ उनले भने, ‘वडाध्यक्षलाई मार्ने धम्की दिँदै आएका रहे छन् ।’ वडा कार्यालय आगजनी गर्ने लामिछानेलाई अझै पक्राउ गर्न नसकिएको प्रहरी प्रमुख विष्टले बताए । आगजनी गरेलगत्तै उनी पश्चिम क्षेत्रमा रहेको जंगलतिर पसेकाले खोजी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वडा कार्यालयले लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्तासमेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]