२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत उक्त सेवा लिन सकिने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले बताए।

ट्याक्सी सेवालाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले बुधबारबाट सेवा सुरू गरिएको उनको भनाइ छ। यो सेवा सुरू भएपछि अब सेवाग्राहीले न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाउँछन्।अधिकतम शुल्क भने नतोकिएको तामाङले बताए।‘एक किलोमिटर गुडेको ९९ रूपैयाँ र त्यसपछि थप प्रतिकिलोमिटर ३९ रूपैयाँ यात्रुले तिर्नुपर्छ,’ उनले सेतोपाटीसँग भने।कम्पनीले बुधबार (हिजो) देखि दुई सय ट्याक्सीमार्फत सेवा सुरू गरेको हो।सेवा विस्तारका लागि ट्याक्सी थप गर्दै लगिने उनले बताए। भविष्यमा हजार बढी ट्याक्सीहरूमार्फत सेवा दिइने कम्पनीको योजना छ।

ट्याक्सीहरूले एपमा रजिस्टर गरेर सेवा लिन सक्छन्।चालकहरूका लागि निःशुल्क तेस्रो पक्ष बीमा व्यवस्था कम्पनीले मिलाएको छ। यात्रुहरूका लागि पाँच लाखसम्मको बीमा व्यवस्था गरिएको तामाङको भनाइ छ। उक्त सेवा काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लामा चौबीसै घन्टा सेवा दिइने कम्पनीले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]