०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

धनगढी – बैतडीमा एक जना व्यक्ति मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ का ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैतडी प्रहरी प्रमुख रमेशबहादुर पालले स्थानीय सन्सेरीमाण्डौं बजारमा मासु पसल सञ्चालन गर्दै आएका महरा बिहीबार बिहान मृत भेटिएको जानकारी दिए । स्थानीयले महराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले उनको हत्या भएको आशंका गरेका छन् । प्रहरी नायब उपरीक्षक पालले मृतकको टाउकोमा चोट लागेको देखिएको बताउँदै घटनास्थल सिल गरेर अनुसन्धान गरिरहेको जनाए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]