११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

काठमाडौं – नेपाली काँग्रेसको १४औं महाधिवेशन मंसिरमा हुनेमा आशंका बढेको छ । पटक पटक मिति सरेर मंसिर ९ देखि १३ सम्म गर्ने तय भएपनि तल्लो इकाईका अधिवेशनहरु सबै हुन नसक्नु र तालिका परिवर्तन भइरहनुले आशंका बढेको हो ।

यसअघि भदौ १६ देखि १९ सम्म हुन नसक्ने देखिएपछि नयाँ महाधिवेशनको नयाँ मिति तोकिएको हो । बुधबार कार्यतालिका फेरि परिवर्तन गर्ने सहमति भएको छ । जसअनुसार पालिका तहको अधिवेशन मात्र दशैं अगाडि गर्ने तय भएको छ ।प्रदेश र क्षेत्रीय अधिवेशन चाँडपर्व पछि मात्र हुने भएको छ । अझै पनि कतिपय जिल्लाका वडा अधिवेशन हुन बाँकी छ । दुई चरणमा गरी ६४ जिल्लाको वडा तहको अधिवेशन सकिएको छ । क्रियाशील सदस्यता विवादले १३ जिल्लाको वडा अधिवेशन हुन बाँकी छ । वडा तहकै अधिवेशन बाँकी रहेकाले दशैं अगावै सबै पालिकाको अधिवेशन हुनेमा आशंका छ । ९ असोजमा पालिका तहको अधिवेशन हुँदैछ ।

यसैगरी, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अर्ली इलेक्शनको प्रयासमा छन् । वैशाख या जेठमा चुनाव गर्ने देउवाको प्रयास बढेको छ । यसले पनि काँग्रेस महाधिवेशन प्रभावित हुन सक्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]