११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दक्षिणपन्थी विसर्जनवादका विरुद्ध क्रान्तिकारी पंक्तिलाई संगठित गर्दै वैकल्पिक शक्तिका रुपमा अघि बढाउने सोचमा रहेको बताएका छन् ।

पार्टीको हिजोबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवदेनले त्यस्तो सुनिश्चितता गरेको उनको दाबी छ ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक हिजो सुरु भएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ । त्यसमा पार्टी कमिटी निर्माण, कार्यविभाजन, संगठन सुदृढीकरणका आवधिक कार्ययोजनालाई समेटिएको छ । प्रतिवेदनले नेकपा एकीकृत समाजवादीलाई दक्षिणपन्थी विसर्जनवादका विरुद्ध क्रान्तिकारी पंक्तिलाई संगठित गर्दै वैकल्पिक शक्तिका रुपमा अघि बढाउने बाटो लिएको छ ।’

नेता खतिवडाले प्रतिवेदनमा चुनावसम्म वाम(लोकतान्त्रिक गठबन्धन सबैलाई अघि बढाउने पक्ष पनि समेटिएको बताए । चुनावमा कांग्रेसले तपाईंहरुसँग सहकार्य गर्ला भन्ने प्रश्नमा उनले थपे, ‘हाम्रो सोच त चुनावसम्म नै वाम लोकतान्त्रिक सहकार्य गर्ने हो । यसलाई कांग्रेसले अस्वीकार गर्छ भन्ने लाग्दैन । दल सानो होस् या ठूलो, राष्ट्रप्रतिको वफादारिता महत्त्वपूर्ण हो भन्ने उसले पक्कै बुझेको छ । हेरौं, समयलाई पर्खने बाहेक अरु विकल्प छैन ।’नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सकिएपछि भोलिदेखि मन्त्रिपरिषद्को काम सुरु हुने बताए । उनले भने, ‘पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । हामी सरकारमै छौं, मन्त्री नबनेको मात्र हो । त्यस कारण बढीमा एकदुई दिनको कुरा हो । हामी छिटो गर्न लागेका छौं ।’

आफ्नो पार्टीले मन्त्रालय विशेषमा कुनै दाबी नगरेको पनि उनले बताए । डा नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर संयुक्त राष्ट्रसंघको महासभामा पठाउने तयारी गरेको कुरामा कुनै विमति नभएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]