काठमाडौं – पुँजीबजार सुधार संघर्ष समितीको आयोजनामा लगानीकर्ताहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । उनीहरुले आज मंगलबार दिउँसो ३ बजेदेखि धितोपत्रमा बोर्डमा गएर खबरदारी गरिरहेका छन् । लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि विभिन्न प्रकारका माग राखेर आन्दोलन गर्दै आइरहेका छन् । सोही अन्तर्गत आज उनीहरुले धितोपत्र बोर्ड घेराउ गरेको अन्दोलनरत लगानीकर्ता राजसिंह भन्डारी (काजीसाब) ले बताए ।