१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

सप्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा एक कर्मचारीलाई ‘घुससहित’ पक्राउ गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका नायब सुब्बा विरेन्द्र साहलाई १५ सय रुपैयाँ घुससहित पक्राउ गरिएको आयोगले जनाएको हो ।

उनलाई आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले पक्राउ गरको हो । सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । उनलाई आयोगको कार्यालय इटहरी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]