कलैया – बारामा बाल विवाह बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराको सभाहलमा सोमवार हाम्रो प्रयास संस्थाको आयोजना तथा यस कार्यालयको सहकार्यमा “बाल विवाह बिरुद्ध अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख एवं प्रहरी उपरीक्षक दिपेन्द्र शाहीको प्रमुख आतिथ्य तथा समुदाय-प्रहरी सेवा केन्द्रका अध्यक्ष महम्द सागिर को उपस्थितिमा सो कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक एवं प्रब्क्ता गौतम मिश्र , महिला विकाश कार्यालयका अधिकृत रेखा चौधरी , सखि संस्थाको सदस्य राजेश कुशवाह , समुदाय-प्रहरी-साझेदारी कार्यक्रम का सदस्यहरु लगायत मातहत प्रहरी इकाई कार्यालयका इन्चार्जहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले बाल विवाह बिरुद्ध जनचेतना जोगाउनु पर्नेमा जोड दिएका थिए ।