०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही शुरू गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही शुरू गरेको हो ।

दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै तीव्रगतिमा सवारी चलाउनेलाई कारबाही शुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डिबी हमालले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार म्याग्दे गाउँपालिकास्थित गुणादीमा तीव्रगतिमा सवारी चलाउने ११ सवारी चालकलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमध्ये नौ जना मोटरसाइकल, एक जीप र एक बस चालक रहेका छन् । प्रतिघण्टा/किलोमिटर ६० भन्दा बढी गतिमा सवारी चलाउनेलाई कारबाही गरिएको हमालले जानकारी दिए। प्रहरीले पृथ्वीराजमार्गको तनहुँ खण्डमा अधिकतम ६० र घुम्तीमा ४० प्रतिघण्टा/किलोमिटर गति निर्धारण गरेको छ । “सवारी दुर्घटनाको धेरैजसो कारण तीव्र गति हो, यसलाई नियन्त्रणका लागि राडर गनको प्रयोग गरी कारबाही थालेका हौँ”, उनले भने, “यो अभियान निरन्तर रहनेछ ।”

पृथ्वीराजमार्गमा यात्रा गर्ने ७० प्रतिशतभन्दा बढीले तीव्रगतिमा सवारी हाँक्ने गरेको कार्यालयले गरेको परीक्षणले देखाएको छ । राडर गनबाट गरिएको परीक्षणअनुसार मोटरसाइकल, प्राइभेट जीप, स्थानीय मिनीबस, खाली ट्रकलगायतले तीव्रगतिमा हाँक्ने गरेको पाइएको छ । राडर गनले कुन सवारी कति गतिमा गुडेको छ भन्नेबारेमा पत्ता लगाउने हुँदा गति कम गर्न यसले सहयोग गर्ने उनले बताए । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्यान गुमाएका छन् । उक्त अवधिमा तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दुर्घटना भएको थियो । त्यसक्रममा १२८ सवारी साधन दुर्घटनाग्रस्त भएका थिए । कार्यालयका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक/ट्याङ्कर १८, जीप/कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दुर्घटना भएको थियो ।

दुर्घटनामा ७६ गम्भीर र ५१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ । “तीव्रगतिका कारण दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परेको अनुसन्धानबाट पत्ता लागेको छ”, हमालले भने, “भर्खरका युवाले जथाभावी सवारी हाँक्ने गरेकाले यो सङ्ख्या अत्यधिक छ ।” दुर्घटना कम गराउन प्रहरीले अभियान पनि सञ्चालन गरिरहेको उनले जानकारी दिनुभयो । सवारी चालक र पैदलयात्रीलाई प्रशिक्षणदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्लामा बढीजसो दुर्घटना पृथ्वीराजमार्गमा हुने गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरू हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]