०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा छिट्टै सरकार बन्ने बताएका छन् ।

सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन् ।उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको पनि बताए । आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएको उल्लेख गर्दै उनले नेता, कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।“१ र ३ नम्बर प्रदेश (वाग्मती) मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु,” उनले भने ।

नेता नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाइप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसद्मा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरे । उनले ‘पिलो निचोरिएर आनन्द भयो’ भन्ने मान्छेले ‘किन दिनदिनै संसद्मा कराउनुपरेको’ भनी प्रश्न गरे ।“आज हामी सुनिरहेका छौँ, चोइटिएर केही मान्छेहरू गए, हाइसञ्चो भयो । यो साँच्चै हो भने त त्यो संसद्मा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिदै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ, संसद्मा ?,” उनले भने ।

उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरू अरूको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसद्मा उफ्रिएको टिप्पणी समेत गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]