२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहित निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सोमबार (आज) सुनुवाइ भइरहेको छ ।

आज सर्वोच्चका न्यायाधीशद्वय दीपकुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएकोमा बहस भइरहेको हो ।एमाले अध्यक्ष ओलीले १४ जना सांसदहरुलाई गरिएको कारबाही सभामुखले सदर नगरेको भन्दै सभामुखविरुद्ध र तीनै सांसदहरुलाई एकीकृत समाजवादीमा जाँदा सनाखत गरिदिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।उक्त मुद्दामा गत भदौ २९ गते पनि पेशी तोकिएको थियो । तर उक्त मुद्दालाई हेर्न नभ्याइनमा राखिएकोमा आजका लागि पेसी तोकिएको हो ।

उक्त मुद्दामा सर्वोच्चमा बहस जारी छ । जारी बहसका क्रममा अधिवक्ताहरु बाबुराम दाहाल, महेश न्यौपाने, रमेश बडाल, रविनारायण खनाल, ईश्वरी भट्टराई लगायतले १४ सांसदहरुको सनाखत गैरकानुनी रहेको बताएका छन् । १४ सांसदको कारबाहीलाई सदरको मागसहित अन्तरिम आदेश जारी गर्नु पर्ने माग ओलीको रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]