२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

कोभिड–१९ को महामारी र खेलाडीमा कोरोनाभाइरसको पुष्टि भएपछि रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट यूएईमा सुरु हुँदैछ।

१४औं संस्कणको आईपीएलको बाँकी खेलहरू आजबाट सुरु हुन लागेको हो। यसअघि इन्डियामै आयोजित प्रतियोगिता अप्रिल ९ मा सुरु भएको थियो। जहाँ साविक विजेता मुम्बई इन्डियन्सलाई विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्सर्ज बेंगलोर (आरसीबी)ले पछि पारेर लिग लिड गरिरहेको थियो।तर, आठौं चरणको खेलमा जित निकालेसँगै दिल्ली शीर्षस्थानमा छ र पछिल्लो हारको कारण बेंग्लोर तेस्रो स्थानमा झरेको छ। अहिले तीन पटक उपाधि जितेको चेन्नई सुपर किंग्स दोस्रो स्थानमा छ।

तालिकामा सनराइजर्स हैदाराबाद पुछारमा छ भने कोलकत्ता र पञ्जाब पुछारबाट दोस्रो र तेस्रो स्थानमा छन्। आठ टिम सम्मिलिन प्रतियोगितामा मुम्बई चौथो स्थानमा छ भने राजस्थान रोयल्स पाँचौं स्थानमा छ।इन्डियाको चेन्नईमा चलिरहेको प्रतियोगिता ३ मेसम्म कोभिड–१० को प्रभावमा परेको थिएन। तर्, कलकत्ताका वरुण चक्रवर्ती र सान्दिप वारियरलाई कोभिड पोजेटिभ देखिएपछि अन्य क्लबका कोही अपिसियललाई पनि कोभिड देखिएको थियो।यससँगै आरसीबीको खेल स्थगित भएको थियो। खेल स्थगित भएको भोलिपल्ट सनराइजर्स हैदराबादको खेलाडीलाई पनि कोभिड देखिएपछि लगातार दुई खेल स्थगित भएको थियो।

समूह चरणका २९ खेल खेलेपछि आईपीएल नै अनिश्चितकालका लागि स्थगित भएको आयोजक बीसीसीआईले जानकारी दिएको थियो।प्रतियोगितामा अब ३१ खेल बाँकी छन्। त्यसमध्ये २७ समूह चरणका खेल हुन् भने बाँकी प्लेअफका।आजबाट सुरु भएको समूह चरणको खेल सकिएपछि अक्टोबर १० देखि १५ सम्म नकआउट चरण हुनेछ। भने फाइनल खेल १५ अक्टोबरमा हुनेछ। यस दौरान प्रतियोगिता इन्डियाबाट यूएईमा सरेको छ।अब, आईपीएलका बाँकी खेल दुवै, सारजाह र अबुधाबी रंगशालामा हुनेछ। यिनै रंगशालाले आईपीएलपछि टी २० विश्वकप पनि आयोजना गर्दैछ।

टी–२० विश्वकप १२ अक्टोबरदेखि १४ नोभेम्बरसम्म सोही रंगशालामा हुनेछ।पछिल्लो पटक प्रतियोगिता स्थगित भएपछि खेलाडीहरूले स्वदेश फर्कन निकै कष्ट गर्नुपरेको थियो। अस्ट्रेलियामा निकै कडा नियम राखिएपछि धेरै खेलाडीले श्रीलंकामा क्वारेन्टिन बसेर स्वदेश फर्किएका थिए।तर अहिले अष्ट्रेलियन बोर्ड आफ्ना खेलाडीलाई आईपीएल खेल्न पठाउन पाउँदा खुसी छ। त्यस्तै, न्युजिल्यान्डका पनि सबै खेलाडीले आईपीएल खेल्दैछन्। तर, अष्ट्रेलियाका सात खेलाडीले आईपीएलबाट आफ्नो नाम फिर्ता लिएका छन्।यसकारण किवी बलर टिम साउथी, दक्षिण अफ्रिकाका ताबिइज साम्सीलगायतले खेल्न पाएका छन्। त्यस्तै, वेस्ट इन्डिजका खेलाडी क्रिस गेल, आन्द्रे रसेलले पनि प्रतियोगितामा भाग लिने भएका छन्।अहिले इन्डियन ओपन शिखर धवन ३८० रनका साथ अरेन्ज क्यापको दौडमा अघि छन् भने अफ्रिकी खेलाडी फाफ डु प्लेसिस ३२० रनका साथ धवनलाई पछ्याइरहेका सहभागी छन्।

यता इन्डियाका लागि नखेलेका हर्षल पटेल अहिले शीर्ष विकेट टेकर छन्। उनले १७ विकेट गिराएर पर्पल क्यापको दौडमा छन्। अभेष खान दोस्रो स्थानमा छ भने राशिद खान पाँचौ स्थानमा छन्। आजको खेलमा चेन्नई र मुम्बई भिड्दैछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]