०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

झापा – नेत्रहीन विद्यार्थीको सहयोगार्थ आदिवासी जनजाति नेत्रहीन संघ झापाले दैनिक एक रुपैयाँ रकम संकलन अभियान चलाएको छ। संघमा आवद्ध सदस्यहरूबाट एक रुपैयाँ संकलन गर्दै छात्रवृत्ति कोष खडा गरिएको संघका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए।

संघले २०६७ सालमा देउसी भैलो खेलेर ४० हजार रुपैयाँ संकलन गरी नेत्रहीन विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापनाका गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै हाल छात्रवृत्ति कोषमा एक लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको अध्यक्ष तामाङले जानकारी दिए। झापा जिल्लाभरिबाट संघमा १०० जनाभन्दा बढी आबद्ध छन्। संघले आफ्नो ११औं स्थापना दिवसको अवसरमा कनकाई नगरपालिकास्थित सुरुङ्गामा कार्यक्रम गरी तीनजना नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन्।

त्यस्तै‚ कलाकार तथा पत्रकार आइपी भट्टराईले दैनिक एक रुपैयाँका दरले सात वर्षको रकम र सहायक वन अधिकृत दिनेश यादवले नगद २५ सय रुपैयाँ कोषलाई दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]