१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

मकवानपुर – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुको अधिवेशनका लागि तयारी भइरहेको छ । सोही क्रममा मकवानपुरमा पनि नगर अधिवेशनको तयारी थालिएको छ ।

भदौ २० गते जिल्लाका १०२ वटा वडाको अधिवेशन सम्पन्न गरेको काँग्रेस पालिका अधिवेशनमा जुटेको हो । आगामी असोज ९ गतेका लागि पालिका र क्षेत्रीय अधिवेशनको मिति तय गरिएको छ ।मकवानपुरको १० वटा स्थानीय तहमा असोज ९ गते अधिवेशन हुनेछ । सोही क्रममा हेटौंडा उपमहानगरपालिकामा पनि अधिवेशनको तयारी तीव्र पारिएको छ भने नेतृत्वका आकांक्षीले पनि दाबी गर्न थालेका छन् ।हेटौंडा उपमहानगर समितिको नेतृत्वका लागि ३ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरुले चुनावी नारा तथा प्यानल निर्माण र प्रचार प्रसारमा सक्रियता बढाएका छन् ।बागमती प्रदेशको राजधानीसमेत रहेको कारण हेटौंडा उपमहानगर समितिको नेतृत्वलाई महत्वका साथ हेरिएको छ ।

काँग्रेसको हेटौंडा उपमहानगर समितिको नेतृत्वका लागि उत्सव इटेनी, राजेश बानियाँ, महेन्द्र राउत चुनावी मैदानमा होमिएका छन् ।२०५० सालदेखि काँग्रेसमा सक्रिय बानियाँले तरुण दल र अन्य भ्रातृ संगठनमा रहेर काम गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको वडा ५ को अध्यक्ष निर्वाचित भएका हुन् ।यस्तै, दुई दशकदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा आएका राउत भने युवा पुस्ताको प्रतिनिधित्वका लागि नेतृत्वको दाबी गरेका छन् ।देशको राजनीति परम्परागत शैलीको भएको भन्दै त्यसको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।अब नयाँ पुस्ताले देशमा फरक ढंगको राजनीति सुरु गर्नुपर्छ भन्ने सोचका साथ आफू हेटौंडा नगरको सभापतिमा उम्मेदवार बनेको उनले बताए ।

पार्टीको जिल्ला सदस्य बनिसकेका राउतले मकवानपुर उद्योग वणिज्य संघमा महासचिवको जिम्मेवारी पनि बहन गरिसकेका छन् । २०४६ सालको आन्दोलनदेखि विद्यार्थी राजनीति सुरु गरी नेविसंघ जिल्ला कोषाध्यक्ष, जिल्ला सभापति हुँदै नेपाली काँग्रेसको विभिन्न तहमा सक्रिय भूमिकामा रहँदै आएका छन् ।नेपाली राजनीतिमा पुस्ता हस्तान्तरणको समय आएकाले युवा शक्ति र सोचलाई काँग्रेसले स्थान दिनुपर्ने उनको धारणा छ ।कोरोना संकटका बखत मकवानपुरमा कोरोना नियन्त्रणका लागि अग्रभागमा रहेर काम गरेका उत्सव इटेनी पनि नगरसभापतिको उम्मेदवार बनेका छन् ।काँग्रेसको हेटौंडा उपमहानगरपालिकाको कोरोना संक्रमण व्यवस्थापन समितिका संयोजक इटेनी विगत लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न तहका संरचनामा रहेर सक्रिय राजनीति गरिरहेका छन् ।व्यवसाय र राजनीतिलाई समानान्तर रुपमा अघि बढाइरहेका इटेनी २०५१ सालमा मकवानपुरबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट मकवानपुर जिल्ला सदस्य निर्वाचित इटेनीलाई १३ औं महाधिवेशन भने फापेन । १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका इटेनी पराजित हुन पुगे । उनले १४औं महाधिवेशनमा सबै जनाको साथ र सहयोगबाट आफू नगर सभापतिमा निर्वाचित हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]