०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

चितवन – पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ शितलपानीका ५९ वर्षीय कान्छा लामा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति पौने १० बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसिइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ । घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुंगामुढा गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको उनले बताए । सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच प्रहरी र दुई स्थानीयबासी घाइते भएका छन् । खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । राति नै आरोपित मल्ललाई भरतपुर ल्याइएको छ ।

शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । -रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]