०७ जेठ २०८२, मंगलबार
wait Please...
विप्लवको कार्यक्रममा एमाले नेता र वडा अध्यक्षको हस्तक्षेप प्रयास

नेकपाले निकाल्यो कडा चेतावनीसहितको विज्ञप्ति

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

झापा – दमकस्थित सुकुम्बासी बस्तीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको कार्यक्रममा एमाले नेता र जनप्रतिनिधिले हस्तक्षेपको प्रयास गरेका छन्।

सुकुम्बासी समस्या र समाधानका विषयमा छलफल गर्न सुकुम्वासी बस्ती पुगेका पार्टीका नेता तथा कार्यकर्तामाथि हस्तक्षेपको प्रयास गरिएको भन्दै नेकपा दमक नगर कमिटीले घटनाको विषयमा शनिबार विज्ञप्ति निकालेर आपत्ति जनाएको छ।शुक्रबार दमक नगरपालिका-५ स्थित जलदेवी टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल गर्दै गर्दा ५ नम्बर वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ र आफूलाई एमालेनिकट नेता बताउने अम्बिका खनालले अराजनीतिक ढंगबाट गुन्डागर्दी शैलीमा पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको भन्दै नेकपाले उनीहरूविरुद्ध चेतावनीसहितको विज्ञप्ति जारी गरेको हो।

नगर इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीले विगतदेखि नै दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्धमा सङ्घर्ष गरिरहेको कुरा आम जनसमुदायमा जगजाहेर नै छ।’यसै सन्दर्भमा पार्टीको घोषित कार्यक्रम अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरू जनताको माझमा गएर दलाल, भ्रष्टाचारी र माफियाहरूको हातमा रहेको दलाल सरकारको भण्डाफोर गर्दै जनतामा सचेतना कार्यक्रम लिएर जाँदै गर्दा पार्टीको कार्यक्रममाथि हस्तक्षेप गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनताको हितविपरीत कसैले भ्रम सिर्जना गर्ने र पार्टीको नीति तथा कार्यक्रममा कसैले हस्तक्षेप गर्छ भने त्यसको खुलेर प्रतिरोध गर्ने विज्ञप्तिमार्फत चेतावनी दिएको छ।

उक्त घटनामा संलग्न व्यक्तिहरू जनताको प्रतिरोधपछि भागेको र आगामी दिनहरूमा पार्टीको नेता कार्यकर्ता तथा जनतामा सम्भावित दुर्घटना हुन आए संलग्न व्यक्तिहरू नै जबाफदेही हुने भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।यदि पुनः कार्यक्रममा हस्तक्षेप गर्ने प्रयत्न गरेमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेसमेत चेतावनी दिइएको छ। दिपीनी खोला किनार नजिकैको सरकारीमा जमिनमा १५ सुकुम्वासी घरपरिवार बस्दै आएको छ। सुकुम्वासी परिवारलाई त्यहाँबाट हटाउन दमक नगरपालिकाले बारम्बार दबाब दिँदै आएपछि विप्लव कार्यकर्ता त्यहाँ पुगेको नगर इन्चार्ज सुवासले जानकारी दिए।

यसअघि पनि दमक नगरपालिकाले ७ नम्बर वडामा रहेको सुकुम्वासी बस्ती हटाउन त्यहाँ डोजर चलाउँदा विवाद उत्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]