२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

काठमाडौं – गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो।

तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ। कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो। लामो समयपछि नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो। पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा पनि खुसीको सीमा थिएन। रेल आएपछि चल्ने र सबैलाई सहज हुने आशा बोकेका सर्वसाधारणले सरकारको प्रशंसा पनि गरे।

तर रेल आएको वर्षदिन बित्दा पनि रेल चल्ने अझै सुरसार छैन्। रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र कानुनको अभावमा एक वर्षदेखि भएको रेल पनि थन्क्याउनुपर्ने बाध्यता छ। निक्कै उत्साह र धूमधामका साथ हर्न बजाएर आफूहरू नै लागेर भित्र्याइएको रेल वर्ष दिनदेखि पालमुनि थन्किएपछि स्थानीय पनि निराश छन्। रेल भित्र्याउने समयमा एक महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको हो। ‘चार–पाँच वर्षदेखि रेल चल्ने कुरा हुँदैछ तर, कहिले चल्छ अत्तोपत्तो छैन’ जनक नन्दनी गाउँपालिका—४ खजुरीकी सूर्यकला देवी कामतीले भनिन्, ‘रेल नचल्दा छौं।’

उनी भन्छिन् ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुरसम्म रेल चल्छ भनिए पनि चलेन। रेल त आयो तर एक दिन पनि चलेन, अहिले थन्किएको छ, कहिले चल्छ ठेगाानै छैन’ उनले भनिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]