०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङको विभिन्न १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण ब्यवस्था गर्न नेपाल टेलिकमलाई ध्यानाकर्षण गराएका छन् ।

भट्टराईले नेपाल टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई आज भेट गरी ताप्लेजुङको विभिन्न १० ठाउँमा सञ्चार पूर्वाधार तथा उपकरण ब्यवस्था गर्न माग सहित पत्र बुझाउदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न ध्यानाकर्षण गराएका हुन् । महाप्रबन्धक अधिकारीलाई ताप्लेजुङ जिल्ला पर्यटन, कृषि, उर्जा व्यापार लगायतका क्षेत्रमा अत्यन्तै राम्रो सम्भावना युक्त जिल्ला भएको बताउदैन आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुदाँ जिल्लामा सञ्चालित व्यापार व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर आम नागरिकको दैनिक जीवन समस्यामा परेको जनाउदै तत्काल टेलिकमको क्षमता विस्तार गर्न आग्रह गरेका छन् ।

भट्टराईले अप्टिकल फाईवर तत्काल ताप्लेजुङ पुर्‍याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरेका छन् । ताप्लेजुङको मैवाखोला गाउपालिका वडा नं। २ ढुङ्गेसाँघु, मेरिङदेन गाउपालिका वडा नं। ६ नाल्बु, फक्तालुङ गाँउपालिका वडा नं। ६ लुवाडाँडा, आठराई गाँउपालिका फुलवारी, फुङलिङ नगरपालिका दोखु र देउलिङ्गे, मिक्वाखोला गाउपालिका वडा नं। ५ किलिङ, सिरिजंघा गाउपालिका वडा नं। ५ खेवाड, सिदिङवा गाउपालिका वडा नं। १ कालिखोला, फक्ताङलुङ वडा ७ याङमा लगायतका क्षेत्रमा टेलिफोन टावर राख्न आग्रह गरेका हुन् । प्रबन्धक अधिकारीले अप्टिकल फाईवर ताप्लेजुङ पुर्‍याउने कार्य तीब्र गतिमा अघि बढेको बताउँदै टेलिफोन तथा इन्टरनेट क्षमता बढाउनका लागि उच्च क्षमताको प्रविधि पाँचथरको सिलौटेमा जडान गर्ने बताए । ताप्लेजुङमा हाल तीन स्थानको १० ठाउँमा फोरजी सेवा विस्तार भएको जानकारी गराउँदै अन्य २३ ठाउँमा सञ्चालनमा आएको २ जीसेवालाई चाँडै क्षमता विस्तार गरी ४ जी सेवामा परिणत गर्ने समेत बताए ।

टेलिकमका प्रबन्धक अधिकारीले ताप्लेजुङ २२ ठाउँमा टेलिफोन टावर सञ्चालनमा आएको बताउँदै पाथीभरा मन्दिर, हाङपाङ लगायतको समेत तीब्र गतिमा काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]