११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

काठमाडौँ – अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको चीनले आलोचना गरेको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त सम्झौतालाई गैरजिम्मेवार कदमको संज्ञा दिएको छ ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तीन देशका पछिल्लो कदम संकीर्ण सोचको उदाहरण भएको बताए । बुधबार तीन देशबीच भएको सुरक्षा सम्झौतामार्फत अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने भएको छ । सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्ससँगको ५० अर्ब अस्ट्रेलियन डलरबराबरको रक्षा सम्झौता रद्द गरेको छ । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि तीन देशल‌े उक्त सम्झौता गरिएको बताइएको छ । ‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ ।

लामो समयदेखि विवादित बनेको उक्त क्षेत्रमा हतियारको अन्तर्राष्ट्रिय रूपमा हुने ओसारपसार रोक्ने प्रयासमा धक्का पुग्ने पनि प्रवक्ता लिजियानको टिप्पणी छ । अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वमा खलल पुर्‍याउने पनि उनको भनाइ छ । बेलायत र अमेरिकाले अति संवेदनशील मानिएको परमाणु पनडुब्बी अस्ट्रेलियालाई उपलब्ध गराएर ‘भूराजनीतिक खेल’ खेलेको चीनको आरोप छ ।त्यस्तै अहिलेको सम्झौताले ती देशको दोहोरो चरित्र देखाएको पनि प्रवक्ता लिजियानको टिप्पणी छ । सुरक्षा सम्झौता एकदमै गैरजिम्मेवार तरिकाले गरिएको र अस्ट्रेलियाले आफूलाई चीनको विरोधीका रूपमा उभ्याएको पनि उनले आरोप लगाए । त्यस्तै अस्ट्रेलियाले परमाणु निशस्त्रीकरणसम्बन्धी सन्धिको उंल्लंघन गरेकाले छिमेकी मुलुकहरूले प्रश्न उठाउनुपर्ने पनि चीनको माग छ ।

कुनै पनि क्षेत्रीय संरचना तत्कालीन समयको शान्ति र विकासका लागि हुनुपर्ने र क्षेत्रीय देशको बीचमा आपसी विश्वास र सहयोग बढाउन योगदान पुर्‍याउनुपर्ने प्रवक्ता लिजियानले बताए । उनले यस्ता संरचना तेस्रो देशलाई निशाना बनाउनका लागि प्रयोग गर्न नहुने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]