२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०१, २०७८

सप्तरी – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी)को छैठौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा अखिल(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच यहाँ सम्पन्न भएको छ । प्रमुख आतिथी यादवले अखिल (क्रान्तिकारी) को रक्त रजिंत झण्डालाई सदैव उँच्चौ राख्न बिधार्थीहरुसगं आहवान गर्नु भयो । अखिल (क्रान्तिकारी)को विगतको ऐतिहासलाई कायम राख्न आ आफनोठाउँवाट भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

विगतमा अखिल (क्रान्तिकारी)का विधार्थीले खेलेको भुमिकाको कारण आफनो क्रान्तिकारी पहिचान बनाउन सफल भएकोमा हामी सवैले गर्व गर्नु परेको बताउनु भयो । सो अवसरमा नेकपा(माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल(अमर), अखिल (क्रान्तिकारी)का प्रदेश सह संयोजक विश्वमण्ी थापा, प्रदेश २ का प्रदेश समिति सदस्यहरु अरुण कुमार साह, छेदी रजक, अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य,सप्तरी जिल्ला इन्चार्ज जयप्रकाश यादव, जिसस तथा राजविराज नपाका अध्यक्ष राम गमन साह, जिसस तथा छिन्नमस्ता गापा अध्यक्ष जय प्रकाश यादव, यादव, अखिल(क्रान्तिकारी) का जिल्ला सदस्य राधेश्याम यादव,लगायतले शुभ कामना दिएका थिए ।

सो छैठौ जिल्ला सम्मेलनवाट रञ्चित मण्डलको अध्यक्षतामा ५१ सदस्यीय अखिल(क्रान्तिकारी)को जिल्ला समिती सर्वसम्मतिबाट चयन भएको जनाएको छ । सो समितीको उपाध्यक्षमा राधेश्याम यादव, हिमान्शु साह लगायत रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]