११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

घुस खाएर पीडकलाई संरक्षण गरको भन्दै गाउँलेहरु जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

प्रहरीले घुस खाएर पीडकलाई उन्मुक्ति दिएको भन्दै धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुल्सियाहीका गाउँलेहरु बिहीबार प्रहरी कार्यालय अगाडि प्रदर्शन गरका हुन् । मुस्लिम समुदायबीच नमाज पढाउने विषयमा भएको विवादमा प्रहरीले पीडकसँग घुस खाएर मुद्दा दर्ता गरेको र आफूहरुको निवेदन भने दर्ता नगरेको पीडित पक्षको आरोप छ ।प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले घुस खाएर पीडकलाई संरक्षण गरेको आरोप लगाउँदै पीडित पक्षका दर्जनौंको संख्यामा आएका स्थानीयबासिन्दाले कार्यालय घेराउ गरी प्रर्दशन गरका हुन् । मुमताज राईनले आफ्नो समुदाय भित्र भएको झगडामा प्रहरीले घुस खाएर पीडकको मुद्दा दर्ता गरी उल्टै आफू पिडीतहरुलाई नै फसाउन खोजेको आरोप लगाए । त्यसकारण न्यायको लागि कार्यालय घेराउ र प्रदर्शन गर्नु परेको उनले बताए ।

तीन साताअघि गाउँको मस्जिदमा मौलाना नभएको बेला मुमताजका बुवा पोषण राईन नमाज पढाउन गएको बेला स्थानीय २२ वर्षीय मुमताज अंसारीलो राकेपछि विवाद भएको थियो । विवादको क्रममा झ’डप हुँदा चारजना घाइते भएका थिए । यता घटना बारे प्रहरी उपरीक्षक रानाभाटले यस विषयमा छलफल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]