१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

रूपन्देही – एमाले निकट अनेरास्ववियुले कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहीबार तालाबन्दी गरेको छ।

विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तालाबन्दी गरेको हो ।क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरी आफ्नै साधन र स्रोत परिचालन गरी लिएको अनलाइन कक्षाको पुरै शुल्क लिएकाले बाध्य भएर तालाबन्दी गरेको अनेरास्ववियुका अध्यक्ष राजेश आचार्य र सचिव साजन शर्मा पन्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बताइएको छ ।‘लकडाउन अवधि भरको शैक्षिक शुल्कमा छुट दिने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गरी विद्यार्थीहरुबाट शैक्षिक शुल्क वापत लिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटी जोडदार माग गरेको थियो ।

तर हाम्रो मागलाई बेवास्ता गरी उल्टो विद्यार्थीहरुलाई धम्काउने कार्य क्याम्पस प्रशासनबाट भएको हुँदा हाम्रो माग पुरा नहुँदासम्मको लागि ताला लगाउन बाध्य भएको कुरा जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]