११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

विराटनगर – मोरङको बुढीगंगामा आज (बिहिवार) कार अनियन्त्रित भइ दुर्घटना हुँदा चारजना गम्भिर घाइते भएका छन् ।

कोशी राजमार्गमा विराटनगरतर्फ आइरहेको बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भई पाईनियर उद्योग अगाडि बिजुलीको पोलमा ठक्कर खाँदा चारजना घाइते भएका हुन् । दुर्घटनामा कार चालक बेलकारी नगरपालिका–१ का ३८ वर्षीय बाबुराम कार्की, ४३ वर्षीया गीता लिम्बु, ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाइते भएको इलाका प्रहरी कार्यालय निमुवाले जानकारी दिएको छ ।

घाइतेमध्ये कार्की र लिम्बुलाई भित्री चोट लागेको र बोल्न सक्ने भएपनि राईको बाहिरी चोट नदेखिएको र बोल्न नसक्ने तथा धिमाललाई समेत बाहिरी चोट नदेखिएको तर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चारैजनालाई विराट टिचिङ अस्पतालमा उपचारका लागि भर्ना गरिएको र दुर्घटनामा परेको कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]