१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

रसुवा – धार्मिकस्थल गोसाइँकुण्डमा विद्युत् विस्तार गर्नका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अवरोध गरेको छ । विद्युत् विस्तार गर्दा वातावरणमा असर पर्ने भन्दै निकुञ्जले अवरोध गरेको हो ।

तीन वर्ष अघि नेपाल विद्युत् प्राधिकरणले गोसाइँकुण्डमा विद्युत् लैजानका लागि टेण्डर गरेको थियो ।टेण्डर भएपछि चन्दनबारीसम्म विद्युत् विस्तार गरिएको छ । निकुञ्जको अवरोधका कारण त्यहाँबाट माथि लैजान नसकिएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । चन्दबारीदेखि गोसाइँकुण्डसम्म विद्युत् विस्तारका लागि आवश्यक सामग्री पुगिसकेकाले निकुञ्जले सहजीकरण गरेकोे खण्डमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम भण्डारीले बताउनुभयो।‘विद्युत् विस्तार हुने क्षेत्रमा पोल तथा तार पुर्याउने काम सकिएको छ’, उहाँले भन्नुभयो, ‘निकुञ्जले काम गर्ने वातावरण बनायो भने यस पटक नै गोसाइँकुण्डमा बिजुली बल्छ ।’

आर्थिक वर्ष २०७५/७६ भित्र गोसाइँकुण्डमा विद्युत् विस्तार गरिसक्ने गरी काम सुरु गरिएको थियो । मिनी गोसाइँकुण्डदेखि गोसाइँकुण्डसम्म ११ केभीको लाइन निर्माण हुने छ । पहिलो चरणमा मिनी गोसाइँकुण्डदेखि चन्दनबारीसम्म पुर्याइने योजना थियो । प्राधिकरणले वातावरण तथा वन्यजन्तुलाई हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै पोलमा एबीसी केबल राखेको छ भने पोलमा समेत हरियो रङ्ग लगाउने योजना बनाएको छ । ‘यसअघि बजेट फिर्ता भएकाले काम अघि बढेमा नयाँ बजेट माग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘काम अघि बढाउन सकिएमा बजेट व्यवस्थापन गर्न सकिन्छ ।’

निकुञ्जका सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार निकुञ्जको कोर क्षेत्र परेकाले समस्या आएको हो । गोसाइँकुण्डसम्म विद्युत् सेवा नपुग्दा तीर्थयात्री तथा व्यवसायीलाई समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]