२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३, जल्किने नर्सिङडाँडामा टावर बनाउने क्रममा भारतीय नागरिक शेख मतिउरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । २६ भदौमा टावरको करिब १३ फिटमाथिबाट उनी खसेका थिए । टाउको, छाती तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

२८ वर्षीय मतिउर एलएनटी कम्पनीका ठेकेदारमार्फत टावर निर्माण गर्दै आएका थिए । उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]