०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

हेटौंडा – पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-५ सुपिङका २२ वर्षीय नविन दोङ र २० वर्षीय राजन दोङको मंगलबार राति धुन्धुरे खोलामा पाहा मार्न जाँदा डुबेर मृत्यु भएको हो ।

धुन्धुरे खोलाको खोचमा राति पाहा मार्न गएका दोङद्वय ढुंगामा चिप्लिएर खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । उनीहरु विगत केही दिनदेखि उक्त खोलामा राति पाहा मार्दै आएका थिए ।

पाहालाई खोलाको किनारमा टर्च लाइटको उज्यालो देखाएर समात्ने गरिन्छ । उज्यालो देखाउने क्रममा ढुंगाबाट चिप्लिएर गहिरो खोलामा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पाहा मार्न गएकाहरु बुधबार बिहानसम्म घर नफर्केपछि खोजतलास गर्ने क्रममा धुन्धुरे खोलाको खोचमा उनीहरुको शव तैरिएको अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]