२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

बुटवल – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका छन् । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताए ।

‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ । ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलले भने, ‘तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’

नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी गरे । गत फागुनमा सर्वोच्चको फैसलापछि तत्कालीन नेकपालाई पुन एकतावद्ध बनाउन खोजेपनि प्रचण्ड, माधव नेपालहरु कांग्रेसको पछि लाग्न तयार भएकाले पार्टी विभाजन भएको पौडेलको जिकिर छ ।

‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो’ पौडेलले भने । एमालेको ताकत चुनावमा देखाउने र फेरि पनि पहिलो पार्टी बन्ने उनले दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]