०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

डोल्पा – ठुली भेरी नगरपालिका- ५‚ डोल्पामा विकास योजनाको रकम उपभोक्ता समितिले हिनामिना गरेको पाइएको छ । लोलागाड खोला लघु जलविद्युत मर्मतका लागि आएको रकम उपभोक्ता समितिद्वारा हिनामिना भएको हो ।

लोलागाड खोला लघु जलविद्युतको मर्मतका लागि आर्थिक वर्ष ०७७/०७८ को प्रदेश उर्जा मन्त्रालय अन्तर्गत जिल्ला खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयले विनियोजन गरेको रोलागाड खोला लघु जलविद्युत पहिरो नियन्त्रणका लागि छुट्याएको चालिस लाख र एसपी लापाको कार्यक्रमबाट विनियोजित बिस लाख रकम गरेर जम्मा साठी लाख बराबरको योजना उपभोक्ता समिति बनाइ सम्पुर्ण रकम हिनामिना गरिएको छ । उक्त उपभोक्ता समिति पनि गाउँलेको सहमति विना जानकारी नै नदिएर ठगी गर्ने उद्देश्यले गठन गरिएको पाइएको छ। उपभोक्ता समितिमा अध्यक्ष धर्म रोकाया‚ कोषाध्यक्ष पदम कुमारी बुढा र सचिव धन बोहोरा रहेका थिए । उनीहरुले विभिन्न सामान खरिद गर्दा वास्तविक मूल्य भन्दा दुई गुणा बढी रकमको विल बनाएर रकम हिनामिना गरेका हुन् ।

‘विकासका लागि आएको रकम हिनामिना भएको यो पहिलो आयोजना होइन’ स्थानीय युवा हरिबहादुर बोहोराले भने । विकासका लागि आएको रकम गाउँको विकास र समृद्धिमा खर्च गर्नुपर्नेमा स्थानीय जनप्रतिनिधिहरुले कोठे उपभोक्ता समिति बनाएर हिनामिना गर्ने र कमिसन खाने काममा व्यस्त रहेको उनी बताउँछन् ।

सम्बन्धित निकायको ध्यान जान नसक्नु र स्थानीयले आवाज उठाउन नसक्नु नै कोठे उपभोक्ता समितिको हालीमुहाली भएको देखिन्छ । सिङ्गो देश नै भ्रष्टाचारमा डुवेको बेला यो प्रतिनिधि घटना मात्र हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]